Message from Asst Campus Chief

Message from Assistant Campus Chief

वि.स.२०४४ सालमा मानविकी सङ्कायको मात्र सम्बन्धन त्रि.वि. बाट प्राप्त गरी सेवायात्रा प्रारम्भ गरेको यस त्रियुगा जनता वहुमुखी क्याम्पसमा २०५७ सालदेखि बी.एड(दुइ बर्से)२०६० सालदेखि १ बर्से बी.एड.२०६५देखि एम.एड. र २०६९ देखि ICT Ed. को कार्यक्रम सञ्चालन गरी शिक्षा शास्त्रको पुर्ण क्याम्पसका रुपमा विकास गरिएको छ ।

यस क्याम्पसको स्थापनासँगै उदयपुर लगायत आसपासका जिल्ला वासीले समेत शिक्षाको उज्यालो घाम ताप्न पाएका छन् । विशेष गरी विभिन्न तहका दक्ष शिक्षक उत्पादन र शैक्षिक जनशक्तिको आपूर्ती गर्ने कार्यमा यस क्याम्पसको अतुलनीय योगदान रहदै आएको छ । गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृित्तको व्यवस्था,दक्ष र अनुभवी प्राध्यापक,चुस्त प्रशासन,कुशल व्यवस्थापन,समझदार विद्यार्थी,सहयोगी समुदाय र दातृनिकाय आदि नै यस क्याम्पसको समृिद्धका बलिया आधार हुन् । यिनै आधारलाई टेकेर नै क्याम्पस अन्तर्राट्रिय गुणस्तरका रुपमा रहेको QAA प्रमाण पत्र प्राप्त गर्ने अन्तिमचरण मा पुगेको छ । यो हामी सबै सरोकारवालाको खुशी र गौरवको कुरा हो ।

ICT.Ed र M.Ed का कार्यक्रम सेमेष्टर प्रणालीमा चल्दै छन् । ICT.Ed. पहिलेदेखि नै र एम.एड.यसै शैक्षिक वर्ष देखि सेमेष्टर प्रणालीमा गएको हो । एम.एड.मा नेपाली,अङ्ग्रेजी, र पाठ्यक्रम तथा मूल्याङ्कन विषयको पढाइ हुन्छ भने ४ बर्से बी.एड.मा नेपाली,अङ्ग्रेजी,गणित,अर्थशास्त्र,स्वास्थ्य शारीरिक शिक्षा विशिष्टीकरण विषयका रुपमा पठनपाठन हुँदै आएका छन् । एक बर्से बी.एड.मा यस क्याम्पसमा नेपाली,अङ्ग्रेजी,गणित,अर्थशास्त्र विषयको अध्ययन गराउने व्यवस्था छ । नियमित पठनपाठन, विद्यार्थी हाजिरी, अतिरिक्त्त क्रियाकलापको सुसञ्चालन, आन्तरिक परीक्षा, बुस्टर कक्षाको व्यवस्था आदिका माध्यमबाट गुणस्तर सुधारमा यो क्याम्पस निरन्तर क्रियाशील रहेको यथार्थ प्रकट गर्न पाउँदा गौरवान्वित भएको छु । यस क्याम्पसको शिक्षाशास्त्र सङ्कायले शिक्षा क्षेत्रको कर्मठ जनशक्ति उत्पादन गरी राष्ट्रिय विकासमा महत्त्वपूर्ण योगदान गर्ने विश्वास प्रकट गर्दछु ।

टीकाप्रसाद पौडेल
स.क्याम्पस प्रमुख
शिक्षाशास्त्र सङ्काय

Enter your keyword