नयाँ कार्यसमिति गठन

नयाँ कार्यसमिति गठन

यस क्याम्पसको सिनेट को दशौँ साधारण सभा / अधिवेशन गत फागुन २८ गते प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री मा. हिक्मत कार्कीज्यू बाट उद्घाटन सम्पन्न भयो | फागुन २९ गतेको बन्द सत्रले ” क्याम्पस संचालन नियमावली २०५९ ( संशोधन सहित २०७५ ) ” लाई सर्वसहमतिले पारित गरेको थियो भने गत असोज ७ गतेको ९ औं साधारण सभाबाट पारित रु. ४,७१,०२,८३१ /= को बजेटमा पुरक रकम थप गरी रु. ६,८७,४३,८३१ /= को संशोधित बजेट पारित गरेको थियो |

बन्द सत्रले संशोधित नियमावली बमोजिम नयाँ संचालक समिति( २०७५-२०७८ ) पनि सर्वसम्मतिले गठन गरेको थियो | अधिवेशनको अध्यक्षता सिनेटका सभापति बिरेन्द्र बस्नेतले गर्नु भएको थियो भने निर्वाचन समितिमा संयोजन – शंकर थापा , सदस्य द्वयमा मुरारी खड्का र लक्ष्मी चौधरी बस्नु भएको थियो | नवनिर्वाचित समिति यस प्रकार छ – १, अध्यक्ष – मिनबहादुर ज्यूठकुरी , २, उपाध्यक्ष – वृषबहादुर तामांग , सदस्यहरु – ३, प्रमिला राई , ४, नारदराज थापा ५, भिमबहादुर बि.क. ६, परमेश्वर घिमिरे ७, रीता मगर ८, ललित साह ९, मणि खम्बू किराँती १०, वसन्त बस्नेत ११, प्रकाश खड्का १२, मंजु कुमारी चौधरी १३, गोपाल प्र.पोखरेल १४, ज्ञान बहादुर बस्नेत १५, सुनिता चौधरी | यसै गरी वरिष्ठ सदस्यको रुपमा बिरेन्द्र कुमार बस्नेत ( निवर्तमान अध्यक्ष ) चयन हुनु भएको छ |

नवनिर्वाचत पदाधिकारी तथा सदस्यहरुलाई यही चैत १ गते प्रमाण-पत्र प्रदान गरी पदवहाली गराईएको थियो | साथै सोही दिन बसेको क्या.सं. समितिको पहिलो बैठकले नियमावली बमोजिम महेन्द्र कुमार राई – संयोजक , प्रेमकुमार राई – सहसंयोजक र शंकर थापा , अक्रुर खड्का सदस्य रहेको ( बाकीं पछी थपिने ) क्याम्पस सल्लाहकार समिति गठन गरेको छ | यसै गरी क्या.सं. समितिमा मनोनित हुन बाकी २ जना सदस्यको चयन भने आगामी बैठक को निर्णय बमोजिम हुनेछ |

नव गठित समितिलाई सफल कार्यकालका लागि हार्दिक बधाई तथा शुभकामना !!

Enter your keyword