विविध कार्यक्रम

विविध कार्यक्रम

यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट प्राप्त गरेको QAA Certificate / Institutional Accreditation Award एक भव्य समारोह बीच २०७५ फागुन २८ गते प्रदेश नं १ का आन्तरिक मामिला तथा कानून मन्त्री मा. हिक्मत कार्की बाट सार्वजनिकीकरण गरियो | उक्त कार्यक्रम बिरेन्द्र बस्नेतको सभापतित्वमा भएको थियो | समारोह पूर्व गाईघाट पिपलचोक बाट पन्चे बाजा , थारु झाँकी सहितको विद्यार्थी लगायत सरोकारवालाको र्यालीले बजार परिक्रमा गरी क्याम्पस प्रांगण आईपुगेको थियो भने अघिल्लो दिन मोटर साइकल र्याली गरी नगर परिक्रमा गरिएको थियो |
समारोहमा विविध साँस्कृतिक नृत्य , दनुवार नृत्य , थारु नृत्य , मगर नृत्य आदि प्रस्तुति थियो | उक्त कार्यक्रममा QAA बारे क्याम्पस प्रमुख रमेश रोकाले संक्षिप्त जानकारी गराउनु भएको थियो भने विभिन्न महानुभाव ( रोशन कार्की , टिका पोखरेल , सुवास बिष्ट , रामप्रसाद रिजाल , इश्वरमणि राउत , मेजर राई , दुर्गा थापा स्वस्ति , मोहन खत्री , भोला ओझा , प्रा.डा. महेशराज दाहाल , खड्ग परियार , मा. बिमल कार्की , मा.नारायण बुर्जा मगर , मा. अम्बिका थापा ) हरुले शुभकामना मन्तव्य दिनु भएको थियो | प्रमुख अतिथि मन्त्री हिक्मत कार्कीले यस क्याम्पसका संस्थापक अभियन्ता , चन्दादाता र संचालक समिति तथा क्याम्पसका प्राध्यापक कर्मचारी र विद्यार्थीहरु लाई विशेष बधाई र शुभकामना प्रकट गर्दै यस क्याम्पसलाई प्रदेश विश्वविद्यालय कै रुपमा वा केन्द्रिय विभागको रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्दै क्याम्पसको वृहत्तर हितका लागि प्रदेश सरकारले ठोस योजना र कार्यक्रम बारे सोचिरहेको र प्रदेश नं १ मा रहेका ५ वटा QAA Certified क्याम्पसहरु प्रदेशका गौरव भएकाले यिन लाई विशेष आर्थिक सहयोग गर्ने वाचा गर्नु भएको थियो | साथै सोही अवसरमा यस क्याम्पसको दशौँ साधारण सभा / अधिवेशनको पनि दीप प्रज्वलन गरी मन्त्री कार्कीले उद्घाटन गर्नु भएको थियो |

Enter your keyword