विविध गतिविधि

विविध गतिविधि

यस क्याम्पसको संयोजन र भूतपूर्व विद्यार्थी समाज , त्रि.ज.ब.क्याम्पस गाईघाट ( FORSS) को आयोजनामा अस्ति २०७५ पौष ५ गते यस क्याम्पस परिसरमा एक वृहत् निशुल्क स्वास्थ्य शिविर सम्पन्न भयो | शिविरमा विद्यार्थी , अभिभावक , शिक्षक / कर्मचारी तथा सर्वसाधारणहरुले नाक , कान , घांटी , नसा , हाडजोर्नी , छाला , स्त्री तथा प्रजनन , आँखा , यौन , मुटु , छाती , पेट जन्य रोगको बारे आफ्नो स्वास्थ्य परीक्षण गराएका थिए भने इ.सी.जी. भिडिओ एक्सरे सेवा , रगत , दिसा पिसाबको ल्याब टेस्ट गराई रोग अनुसारको औषधि समेत निशुल्क वितरण गरिएको थियो | उक्त शिविरमा एक हजार पांच जनाले सेवा लिएका थिए | 

कार्यक्रम पूर्व विद्यार्थी समाजका अध्यक्ष दुर्गकुमार थापा ( स्वस्तिक )को सभापतित्व , प्रदेश सभा सदस्य मा.हिमाल कार्कीको प्रमुख आतिथ्यमा भएको थियो | उक्त कार्यक्रमलाई क्या.व्य.समितिका अध्यक्ष विरेन्द्र बस्नेत र नोबेल मेडिकल कलेज बिराटनगरका प्रबन्धक नारायण दाहालले पनि सम्बोधन गर्नु भएको साथै पूर्व स्व.बि.यु.उपाध्यक्ष गीता फुयालले स्वागत मन्तव्य राख्नु भएको थियो |
शिविर सम्पन्न भए पछी FORSS का तर्फबाट नोबेल मेडिकल कलेज बिराटनगरको चिकित्सक , नर्स र अन्य प्राविधिक जनशक्तिको टोलीलाई अवीर , फूलमाला खादा लगाई दिई , प्रशंसा-पत्र सहित उपाध्यक्ष विजय तुलाधर , सदस्य महेश्वरी राई तथा क्याम्पस प्रशासन लगायतले धन्यवाद ज्ञापन गरि बिदाइ गरिएको थियो |

Enter your keyword