32nd Anniversary of Campus

32nd Anniversary of Campus

यस क्याम्पसको ३२ औं स्थापना दिवस / वार्षिकोत्सव हिजो भाद्र १० गते एक कार्यक्रम गरी मनाइयो |
उक्त कार्यक्रमको सभापतित्व क्या.व्य. समितिका अध्यक्ष श्री बिरेन्द्र बस्नेत , प्रमुख अतिथि उदयपुर १.(१ )का प्रदेश सभासद मा.बिमल कार्की , विशेष अतिथिमा जी.स.स.उदयपुरका अध्यक्ष श्री खड्ग ब.परियार र म.बि.ब.क्याम्पस राजविराजका सह-प्रा. गजेन्द्रकुमार सिंह हुनुहुन्थ्यो भने त्रियुगा नगरपालिका प्रतिनिधि , क्या.व्य.समितिका उपाध्यक्ष र सदस्यहरु , क्याम्पस सभाका सदस्यहरु , प्राध्यापक , कर्मचारी , स्व.वि.यु. अध्यक्ष र सदस्यहरु , विभिन्न विद्यार्थी संघ संगठनका प्रमुख र प्रतिनिधि तथा विद्याथीहरुको उपस्थिति रहेको थियो |
उपस्थित अतिथि तथा सहभागीहरुलाई क्या.व्य.समितका उपाध्यक्ष मिनबहादुर ठकुरीले स्वागत मन्तव्य दिनु भएको थियो भने स्व.वि.यु.अध्यक्ष रोशन कार्की , प्राध्यापक संघ एकाई अध्यक्ष उमेश पाण्डे , क्या.व्य.समितिका सदस्य महेन्द्र राई ,नगर प्रतिनिधि जयबिक्रम राई लगायत विशेष र प्रमुख अतिथिले क्याम्पसको उत्तरोत्तर प्रगतिको कामना सहित शुभकामना प्रदान गर्नु भएको थियो | सो अवसरमा मा.बिमल कार्कीले १ नं प्रदेशले आगामी 2 वर्ष भित्र प्रदेश विश्वविद्यालय संचालनमा ल्याएरै छाड्ने र सो अवस्थामा त्रियुगा ज.ब.क्याम्पस गाईघाट , उक्त विश्वविद्यालयको केन्द्रिय क्याम्पस अवश्य हुनेछ भनी आश्वस्त पार्नु भएको थियो |
सो कार्यक्रममा वार्षिकोत्सव सम्बन्धि कविता , वक्तृत्व , र खेलकुद प्रतियोगितामा विजयी प्रतिस्पर्धी विद्यार्थीलाई अतिथि तथा प्रमुख अतिथिको बाहुलीबाट पुरस्कार समेत प्रदान गरिएको थियो | साथै सोही अवसरमा क्याम्पस प्रमुख रमेश रोकाले क्याम्पसको वार्षिक प्रतिवेदन पनि प्रस्तुत गर्नु भएको थियो |

Enter your keyword