नवौं साधारण सभा सम्पन्न

नवौं साधारण सभा सम्पन्न

त्रियुगा ज.ब. क्याम्पस क्याम्पस सभाको नवौं साधारण सभा हिजो आश्विन 7 गते भव्य कार्यक्रमबीच सम्पन्न भयो | प्रदेश नं 1 का मुख्यमन्त्री मा. शेरधन राईको प्रमुख आतिथ्यमा सम्पन्न उक्त सभाका सभापतित्व क्या.व्य.समितिका अध्यक्ष श्री बिरेन्द्र बस्नेतले गर्नु भएको थियो |
कार्यक्रममा विशिष्ट अतिथिको रुपमा प्रदेश सभासदहरु मा. हिमाल कार्की , मा. बिमल कार्की , मा. नारायण बुर्जा , मा. कला घले , मा. अम्बिका थापा र मा. सुनिता चौधरी उपस्थित हुनु भएको थियो | साथै अन्य अतिथि , संचारकर्मी , क्याम्पस सभासद ( senator ) , प्राध्यापक , कर्मचारी , विद्यार्थी नेतृत्व तथा शुभेच्छुकहरु समेत उपस्थित उक्त विशेष सभालाई सम्बोधन गर्दै प्रमुख अतिथि मा. मुख्यमन्त्रीले ‘ त्रियुगा जनता बहुमुखी क्याम्पसको भौतिक पूर्वाधार , पर्याप्त जग्गाजमिन , सुगमता , सुब्यबस्थित संचालन र आम सरोकारवालाको चाहनालाई दृष्टिगत गरी अब छिट्टै प्रदेश विश्वविद्यालयको केन्द्रीय क्याम्पसमा विकास गर्न प्रदेश सरकार लागीपर्ने” बताउनु भयो | शुन्यबाट प्रदेश सरकारले काम थालेको हुँदा ऐन , कानून तथा कार्यविधि लगायत कार्यालय समेत नयाँ खोज्दै हिंड्नु परेकोले केही ढिलो जस्तो देखिए पनि अबका दिनमा प्रदेशले सुशासन , विकास र समृद्धिको दिशामा आफुलाई केन्द्रित गर्ने साथै प्रदेशका मुख्य संरचना र कार्यालयहरु एकै ठाउँमा सीमित नगरी सबैको अपनत्व र पायक समेत पर्ने गरी स्थापना गर्ने प्रदेश सरकारको नीति रहेकोले उदयपुरलाई शैक्षिक हबको रुपमा विकास गर्न उपयुक्त देखिएको हुँदा यस त्रियुगा जनता बहुमुखी क्याम्पसलाई प्रदेश विश्वविद्यालयमा विस्तार गर्न आफु प्रतिबद्ध रहेको र यस निम्ति छिट्टै कार्यदल गठन गरी प्रक्रिया अघि बढाउने बताउनु भएको थियो | साथै सोही क्रममा उहाँले क्याम्पस परिवारले पनि आफ्नो Master Plan तत्काल तयार गरी सबै सरोकारवालाहरुको संलग्नतामा ठोस कार्ययोजना पेश गर्न आग्रह गर्नु भएको थियो |
सो सभालाई सबै विशिष्ट अतिथि मा. प्रदेश सभासदहरुले शुभकामना मन्तव्यको क्रममा यस क्याम्पसको उन्नति र प्रगतिमा लागी पर्ने बताउंदै क्याम्पसलाई प्रदेश विश्वविद्यालयको रुपमा विकास गरिदिन मा. मुख्यमन्त्री समक्ष माग गर्नु भएको थियो |
सो कार्यक्रममा उपस्थित सबै अतिथिहरुलाई स्वागत मन्तव्य क्या.व्य.समिति सदस्य रीता मगरले दिनु भएको थियो भने क्याम्पस प्रमुख रामेश रोकाले आ.व.२०७५/०७६ को नीति ,कार्यक्रम सहित रु. ४,७१,०२,८३१ /= को बजेट पेश गर्नु भएको थियो |
सोही अवसरमा प्रमुख अतिथि र संस्थापकका तर्फबाट अप्सरा राईले संयुक्त रुपमा ” प्रेमकुमार -प्रेमीला राई छात्रवृत्ति ” वितरण गर्नुका साथै गत वर्षका फ्याकल्टी टपर विद्यार्थी एवं भिनिन्न अवसरमा उत्कृष्ट नृत्य गर्ने समुहलाई पनि पुरस्कार वितरण गरिएको थियो |
क्याम्पसले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र बजेट माथि क्याम्पस सभासदहरु – खड्ग परियार ( जी.स.स.अध्यक्ष ) दुर्गाकुमार थापा ( बेलाका न.पा. प्रमुख ) , रोशन कार्की ( स्व.वि.यु.सभापति ) भरत खड्का ( पत्रकार महासंघ उदयपुर , अध्यक्ष ) , रामप्रसाद बराल , महेश्वरी राई लगायतले टिप्पणी गर्दै सर्बसम्मतिले पारित गर्नु भएको थियो |
औपचारिक कार्यक्रममा प्रवेश गर्नु अगाडि प्रमुख अतिथि मा. मुख्यमन्त्रीले क्याम्पसको सबै पक्षको अबलोकन समेत गर्नु भएको थियो |

Enter your keyword