Spectacular Achievement

Spectacular Achievement

२०७५ पौष २२ गते यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोग , भक्तपुर , नेपाल बाट संसथागत गुणस्तर प्रत्यायान तथा सुनिश्चिता प्रमाण-पत्र / QAA Certificate प्राप्त गर्दै नेपालका 1400 क्याम्पसहरु मध्ये Accredited भएका उत्कृष्ट 30 क्याम्पस भित्र आफ्नो नाम लेखाउन सफल बनेको छ | यो क्याम्पस १ नं प्रदेशका Top 5 र सगरमाथा अंचलको No.-1 पनि बन्न सफल बनेको छ |

हाम्रो दायित्व बढेको छ , धेरै काम गर्न बाकीं छ , निरन्तर आफुलाई सुधार्दै अब्बल बनिरहने दिशामा लाग्नु छ | हामीलाई यहाँ सम्म पुर्याउने सम्बद्ध सबै पक्ष { क्याम्पस सभासद . विद्याथी , अभिभावक , स्व.वि.यु.परिवार , राजनीतिक दलहरु , जनप्रतिनिधिहरु , नागरिक समाज , सहयोगी विद्यालय परिवारहरु , पत्रकार बन्धुहरु , शैक्षिक क्षेत्रका अग्रजहरु , पूर्व विद्यार्थी समाज , PRT Family र सबै उदयपुरवासी हरु मा हार्दिक आभार प्रकट गर्दछौं ! क्याम्पस स्थापनाका अभियन्ता र सहयोगी समुदायको सपना साकार पार्दै गर्वले शिर उठाउन मिल्ने स्थानमा हामी आईपुगेका छौं तर हाम्रो आरोहण अझ माथिसम्म छ तसर्थ आगामी दिनहरुमा अझ बढी न्यानो सहयोग र सद्भावको अपेक्षा राखेका छौं !

Enter your keyword