Message from Chairman

Message from Chairman

समुदायको सक्रियता र संलग्नतामा सञ्चालन हुदै आएको त्रियुगा जनता बहुमुखी क्याम्पस प्रदेश नं. १ का उत्कृष्ट सामुदायिक क्याम्पसमा गणना हुने शैक्षिक केन्द्र हो । २०४४ सालदेखि उदयपुर जिल्ला र यसका आसपासका जिल्लाहरूका विद्यार्थीहरूलाई समेत सुलभ मूल्यमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको यस क्याम्पसले गुणस्तर सुधार, विद्यार्थीको सुविधा बृद्धि, प्राध्यापक कर्मचारीको प्राज्ञिक तथा व्यावसायिक दक्षता विकास, समुदायिक सम्बन्ध सुदृढीकरणमा जोड दिनुका साथै विश्वविद्यालय अनुदान आयोग, जिल्ला समन्वय समिति, त्रियुगा नगरपालिका, भारतीय राजदुतावास, चन्दादाता, जग्गादाता, सामाजिक अभियन्ता आदि सबै पक्षस“गको सहकार्यलाई विशेष महत्व दिइआएको छ । सबैको साझेदारी र सहकार्यकै परिणाम स्वरुप आज यो क्याम्पस QAA Certification मा पुगेको कुरा जानकारी गराउन पाउदा सिङ्गो क्याम्पस परिवार र सरोकारवाला सबै हर्षित भएको निवेदन गर्दछु । सम्बद्ध सबै सारोकारवालाको सदभाव र सहयोगको निरन्तरताले क्याम्पसले अझै प्रगति गर्दै जाने, हाल मानविकी, व्यवस्थापन, शिक्षा शास्त्र,(ICT Ed. समेत) को मात्र विभिन्न तहमा पठनपाठन हुदै आएकामा आधुनिक एवम् प्राविधिक धारका अन्य सङ्काय र विषयहरु थप गर्दै जान सकिने विश्वास प्रकट गर्दछु ।

Related Posts

Enter your keyword